निर्देशकहरूको स्व. भट्टराईको परिवारलाई सहयोग

काठमाडौँ। तात्कालिक चलचित्र विकाश बोर्डका अध्यक्ष स्व. केशव भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्र निर्देशकहरूले सहयोग गरेका छन्। उनीहरूले १ लाख २६ हजार रुपैयाँ चलचित्र निर्देशक समाज मार्फत स्व. भट्टराईका परिवारलाई सहयोग गरेका हुन्।

अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, दिनेश कार्की, किशोर सुब्बा, आक्कि शेर्पा, गोपाल चन्द्र लामिछाने, यादव सिलवाल, बीबी फुयाल र सुमन दाहाल मार्फत आएको उक्त रकम हस्तान्तरण गरिएको छ।

निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा र महासचिव जनकदीप पराजुलीले विकास बोर्डका पूर्व अध्यक्ष तथा सहयोग सङ्कलन समितिका संयोजक रजकुमार राई, निर्देशक दिपाश्री निरौला र सन्चार कर्मी प्रकाश सुवेदीलाई निर्देशकहरूले पठाएको रकम हस्तान्तरण गरेका थिए।

यो रकमलाई सञ्चारकर्मी सुवेदीले स्व. भट्टराई की श्रीमतीलाई प्रदान गरिने जनाइएको छ। सहयोग गर्न चाहनेहरूले सिटिजन बैँक कमन शाखाको खाता नं.०२४०१०००००५०७०४१ मा जम्मा गराई दिन पनि आग्रह गरिएको छ।