काठमाडौँ। पाल्पाको हार्थोक तानसेन सडकखण्डमा आज ढुङ्गा लिन आउँदै गरेको टिप्पर सडकबाट खस्दा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार पाल्पाको तानसेन नगरपालिका बार्ड नम्बर ५ तीनलाकुरीबाट सर्देबामा ढुङ्गा लिन जाँदै गरेको लु. २ प. १८१६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक नवलपरासीको सुनवल ३ का ३२ वर्षीय मधु मगरको घटनास्थलमै मृत्यु भएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।