सवारी साधनको नम्बर ढाकिएका सवारीहरूलाई कारवाही

काठमाडौँ।  अब तपाइको सवारी साधनको नम्बर प्लेट अस्पष्ट छ भने ट्राफिक कारवाहीमा पर्नु हुनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीहरूलाई विशेष कारवाही अभियानमार्फत कारवाही थालेको छ।

यसरी नम्बर प्लेट नराखेको र स्पष्ट नभएको १२५ वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीहरूलाई कारवाहीमा गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने लगायतका क्रियाकलापहरूलाई रोक्न यस अभियान चलाइएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै