‘नीरफूल’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ। फूलमान बलको निर्देशन रहेको यस चलचित्रमा भुकम्पमा परि बिछोडिएको परिवारले पुनर्मिलनको लागि गर्ने सङ्घर्षको कथालाई समावेश गरिएको छ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन्। फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिल सितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन्।

फागुन ३० गते प्रदर्शन मिति तोकिएको भएता पनि मिति सरेर चैत्र ७ मा फिल्म प्रदर्शन हुँदै छ।