कोरोना संक्रमण : डा. रबिन्द्र पाण्डेको महत्वपुर्ण सुझाब

काठमाडौँ। कोभिड–१९ (कोरोना भाइरस) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार नााघेको छ। सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ४८ पुगेको छ।

चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ अहिलेसम्म ७३ देशमा देखा परेको पुष्टि भएको छ। यद्यपी ७ देशमा अहिले कुनै पनि यसका संक्रमित नरहेको बताइएको छ। हालसम्म विश्वभर ८९ हजार ७४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। जसमध्ये ४५ एक सय ६३ पूर्ण रूपमा निको भई घर फर्केका छन् भने ४० हजार ८ सय ६३ को उपचार भइरहेको छ।

यतिबेला कोरोनाको त्रास विश्वभर फैलिएको छ यस सन्दर्भमा कोरोना संक्रमण सम्बन्धमा जन स्वास्थ्य बिज्ञ डा. रबिन्द्र पाण्डेको महत्वपुर्ण सुझाब :
अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ। कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन। कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ। तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ।

– कोरोना कमजोर भाइरस हो। यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ।
– कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ। सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।
– कोरोना संक्रमणको औषधि छैन। तसर्थ उपचारमा धेरै खर्च हुँदैन। ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने।

अन्य सम्बन्धित समाचार:  शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरूवा हुन पाउने

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।
– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ ९३ महिनाको जोहो गर्दा राम्रो हुन्छ। जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि।
– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो। गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।
– बजारमा मास्कको अभाव छ। कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ। बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन। तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन। मास्कभन्दा पंजा महत्त्वपूर्ण छ।

अन्य सम्बन्धित समाचार:  डेंगु नियन्त्रणका लागि अभियान सञ्चालन गरिने

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ।
– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ९टेन्ट० आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन्।
– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी शुरू भएको छ। तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।
– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो। तसर्थ डराउनु पर्दैन।
– यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा  रोकथाम हुन्छ।