राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेकी छन्। उनले मंगलबार अपरान्ह ट्विटरमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

“सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” राष्ट्रपति भण्डारीले लेखेकी छन्।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल भर्ना भएका थिए। उनले बुधबार मिर्गौलाको प्रत्यारोपण गरिने भएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पेसी आज