६ किलो सुन बरामद

काठमाडौँ। काठमाडौँबाट वीरगन्ज जाँदै गरेको रात्री बसमा भारतीय यात्रुले लगिरहेको ६ किलो सुन मकवानपुर प्रहरीले बरामद गरेको छ। पक्राउ पर्नेमा भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकल रहेका छन्।

विषेश सूचनाका आधारमा  पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा बसलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुन बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ। फलामको ठुलो बेरिङ भित्र लुकाइएको अवस्थामा सुन भेटिएको हो।

सुन सहित अनेकललाई  बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको मकवानपुर प्रहरी प्रमुख सुशिल सिंह राठौरले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  पहाडी भूभागहरूकाे माैसममा पूर्ण बदली