‘प्रेमगीत ३’ टीजर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। अभिनेता प्रदिप खड्का र नव अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य अभिनय रहेको को टीजर सार्वजनिक भएको छ। यस वर्षकै बहुप्रतिक्षित मानिएको यस फिल्मको टीजर निर्माण पक्षले मङ्गलबार सार्वजनिक गरेको हो।

यस अघि रिलिज भएको फिल्मको गीत ‘हात्ति ढुङगामा’ ले लोकप्रियता कमाई सकेको छ। फिल्मलाई पुरानो कथाको आधारमा निर्माण गरिएको छ।

सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको उक्त फिल्ममा प्रदीप र क्रिष्टिनासँगै  शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्म चैत्र २८ गतेदेखि प्रदर्शनमा आउँदै छ।