शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेसन वार्डमा फेरि दुई जना भर्ना

काठमाडौं। कोरोना अर्थात (कोभिड१९) को संक्रमणको आशंकामा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा फेरि दुई जना भर्ना भएका छन्। मंगलबार कोरोना संक्रमणको आशंकामा दुई जनालाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतले बताएको छ।

आइसोलेसनमा राखिएका दुई जना बिरामी मध्ये एक जना दक्षिण कोरिया र अर्का मध्यपूर्वबाट नेपाल आएका हुन्। कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका ४ जना रिपोर्ट भने नेगेटिभ आएपछि चारै जनालाई मंगलबार अस्पतालले डिस्चार्ज दिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–नेपाल पक्षको केन्द्रिय कमिटि बैठक आज बस्दै