प्रधानमन्त्री ओलीलाइ मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन शुरु

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाइ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने औषधि दिन थालेको जानकारी दिएको छ। मंगलवार अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रत्यारोपणका लागि आवश्यक औषधि दिन शुरु गरेको जानकारी दिएका हुन्।

सोमवार प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन्। बुधवार बिहान प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। त्यसका लागि विभिन्न स्वास्थ्य विषेशज्ञहरुबाट परीक्षण तथा प्रत्यारोपण अगाडि गर्नुपर्ने नियमित डायलासिस गरिरहेको जानकारी आएको छ।  १२ बर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि डा. अनन्त कुमारले भारतको इन्द्रप्रस्थ अपोला अस्पतालमा ओलीको मृगौला प्रत्यारोपण गरेका थिए। तर अहिले त्यो सुविधा नेपालमा नै उपलव्ध भएकाले स्वदेशमा नै उनको मिर्गौला प्रत्यारोपण हुन लागेको हो।

अन्य सम्बन्धित समाचार:  नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित