काठमाडौँ। बुधबार देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बुधबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तर अपरान्ह पछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राती देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने र पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टालाई चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।