काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ।
बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगिएको छैन्।प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थिएटरमा नलगिएको अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले बताए।
उनले भने, ‘केही रिपोर्टहरू आउन बाँकी छ। रिपोर्टमा केही समस्या देखियो भने फेरि अप्रेसन थिएटरबाट निकालेर टेष्ट गर्नुपर्ने भएकाले रिपोर्ट कुरेर बसेका छौं।’
प्रधानमन्त्रीलाई भेट्न अस्पताल भित्र रहेका मन्त्रीहरूलाइ अप्रेसन थिएटरमा लैजानु अघि प्रधानमन्त्री लाई भेट्न दिइने डा खड्गाले बताए।
प्रधानमन्त्रीको सफल अपरेसनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ।
प्रधानमन्त्रीलाई उनकी भाञ्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।
करीब १२ वर्ष पहिले पहिलोपटक प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए।