‘मिस वर्ल्ड २०२०’ नेपालमा 

काठमाडौँ। सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्नका लागि अध्ययन गरिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आइरहेको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडी बढाएको हो।

कार्यक्रमको बारे अध्ययन गर्न विहीबार (मार्च ५) मा २०१९ कि ‘मिस वर्ल्ड’ जमैकाकी टोनी आन सिंह, ‘मिस वर्ल्ड’ अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली नेपाल आउँदैछन्।

उक्त टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने बताइएको छ।