सुनको मूल्यमा इतिहासकै नयाँ रेकर्ड

काठमाडौँ। पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। गत फागुन १२ गते ८० हजार ३०० पुगेर नयाँ कीर्तिमान बनाएको सुनको मूल्य त्यस पछिका दिनमा भने घटबढ हुने क्रम जारी रह्यो।

तर आज बुधवार सुनको मूल्यले अर्को  नयाँ रेकर्ड कायम गरेको छ। सुन प्रतितोला एकै दिन २२ सयले बढेको छ। हिजो मङ्गलबार ७८ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज ८० हजार ५ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको  छ। भने चाँदी मङ्गलवारको तुलनामा १० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आन्तरिक राजस्वतर्फ कोरोनाको असर : राजस्व संकलन ९ अर्ब ७२ करोडले घट्यो