काभ्रेमा बस दुर्घटना २५ जना घाइते

काभ्रे। काभ्रेको कोशीपारीमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रेको चौरी देउरालीमा दुर्घटना भएको हो। साइड दिने क्रममा बस दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

घाइतेहरुमध्ये गम्भीर घाइते ६ जनालाई चौरी देउराली गाउँपालिकाको गाडीमा तथा अन्य लाई बसमा धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको छ। जिल्ला प्रहरी कार्यलय काभ्रेले उद्धार जारी रहेकोले घाइते थपिन सक्ने बताएको छ।

अन्य सम्बन्धित समाचार:  मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते