काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिष्कार गर्ने भएको छ।
विभागहरू गठनसँगै चिढिएको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापतिहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका थिए। बैठकले १४औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै उपसभापतिहरूको भेला बहिष्कार गर्ने निर्णय लिएको नेता सिंहले बताए।