स्पेनमा नेपालबाट फर्किएका एक नागरिकको कोरोनाको कारण मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण स्पेनमा एक जनाको ज्यान गएको छ। स्पेनको भ्यालेन्सियामा यो भाइरसको कारण मृत्यु भएको यो पहिलो घटना भएपनि अन्यलाइ समेत संक्रमण भएको हुनसक्ने आँकलन गर्न सकिन्छ। रोयटर्सका अनुसार ती व्यक्तिको मृत्यु फेबु्रअरी १३ मा भए पनि पोस्टमार्टम रिपोर्टमा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो। ती व्यक्ति नेपालबाट फर्किएलगत्तै बिरामी परेको डेली मेल अनलाइनले जनाएको छ।

ति व्यक्तिमा निमोनियाको लक्षण देखिए पनि संक्रमण कहाँ भएको थियो यसै भन्न नसकिने अवस्था रहेको जनाइएको छ।
अहिले स्पेनको क्यानरी आइल्यान्डमा रहेको कोस्टा अडेहे प्यालेस होटेछका साथै समुद्री किनारमा रहेको अडेहे सहरमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि आवतजावत बन्द गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस, पुरुषसँग समान काम : ज्याला भने आधा कम