‘ह्वाइट हाउस’ मा अझै पनि अब्राहम लिङ्कनको भूत 



काठमाडौँ। नेपाल होस् या विश्वका कुनै पनि देश जहाँ भूतप्रेतसँग थुप्रै कहानीहरू प्रचलित हुन्छ। कुनै ठाउँमा त देशको सरकारले नै त्यहाँ जानका लागि प्रतिबन्धित गराएको हुन्छ।

भूतप्रेतमा विश्वास राख्ने मान्छेहरू कोही हुन्छन भने कोही हुदैनन्। तर वैज्ञानिकका अनुसार भूतप्रेत हुने त्यति नै सम्भावना रहेको छ। जति एलायन्स हुने सम्भावना रहेको छ। विश्वको सबैभन्दा सुरक्षित मानिने अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ भूतप्रेतबाट सुरक्षित छैन भन्दा सबैलाई अचम्म लाग्न सक्छ। भन्ने गरिन्छ अमेरिकाको १६ औं राष्ट्रपति अब्राहम लिङ्कनको भूत ‘ह्वाइट हाउस’ मा देख्न सकिन्छ।
यस कुरालाई एक दुई जनाले मात्र होइन धेरै जनाले विश्वास गरेका छन्। ‘ह्वाइट हाउस’ मा बसेका विभिन्न देशका ठूलाठूला नेताहरूले पनि यस कुरालाई पुष्टि गरेका छन्। १८६० मा अब्राहम अमेरिकाका १६ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए।

१५ अप्रिल १८६५ मा अब्राहम लिङ्कन एक कार्यक्रममा सहभागी भएका थिए। त्यही समयमा उनलाई एक चर्चित कलाकारले गोली हानेर हत्या गरेका थिए। लिङ्कनको मृत्यु पछि ‘ह्वाइट हाउस’ मा काम गर्ने कर्मचारीले लिङ्कनको कोठामा कोही हिँडेको आवाज सुनेका थिए। यसका अलवा अमेरिकाका अन्य राष्ट्रपतिहरूले पनि लिङ्कनको आवाज सुन्ने गरेका बताएका छन्।

नेदरल्यान्डकी महारानीले एकपटक अमेरिकाको भ्रमण गरेकी थिइन्। उनी ‘ह्वाइट हाउस’ मा बस्दा रातमा कसैले ढोका ढकढक्याएको र उनले ढोका खोल्दा अब्राहम लिकन भएको बताएकी थिइन्।

साथै बेलायतका प्रधानमन्त्री विस्टर चर्चिल ‘ह्वाइट हाउस’ को गेस्ट रुममा नुहाउन बाहिर आउँदा उनले लिङ्कनलाई कुर्सीमा बसिरहेको देखेका थिए।