देश विकासका लागि आत्मसमीक्षा गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारबाट राष्ट्रियसभामा प्रवेश पाएका छन्। गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठले बुधबार नै शपथ लिएका थिए।

राष्ट्रियसभामा बोल्दै उनले देश विकासका लागि एक पक्षले अर्को पक्षलाई दोष दिएर नभई आत्मसमीक्षा गर्नुपर्छ सक्नुपर्ने र समृद्धिको यात्रामा हातेमालो गर्नुपर्नेमा जोड दिए।

व्यवहारमै आर्थिक विकास र सम्बृद्धिको कार्यभार पुरा गर्नुको विकल्प नभएको बताएका छन्। उनले प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देश हुँदाहुदै लाखौँ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै अव त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए।

‘लोकतन्त्र, संक्रमण र बहुमतको सरकार छैन भनेर उम्कन मिल्ने अवस्था छैन। अव समृद्ध मुलुकमा रुपान्तरण गर्नुको विकल्प छैन। त्यो जिम्मेवारी अब हाम्रो काँधमा आएको छ’ श्रेष्ठको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेपछि पुनः सपथ गराउन माग गर्दै सर्वोच्चमा परेको रिट दर्ता

उनले नेकपालाई नेपाली जनताले बहुमत दिएको र सरकारले पनि संघीयता कार्यान्वयनका लागि गुणात्मक काम अघि बढाएको भन्दै नेपाली समाज र जनजीवनलाई सकारात्मक दिशातर्फ अघि बढाइरहको दावी गरे।

उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने बताए। विकासको फड्को मार्ने विषयमा पनि सवै शक्ति एकजुट हुुनुपर्ने र अहिलेको गतिबाट मात्रै सामाजिक आर्थिक विकासमा सवै एकजुट हुन अपिल गरे।