प्रभाससँग नाम जोडिएकी अनुष्काको प्रेमी प्रकाश

काठमाडौँ। चलचित्र ‘बाहुबली’ की अभिनेत्री अनुष्का शेट्टीको नाम सोही चलचित्रको अभिनेता प्रभाससँग जोडिएको थियो। उनीहरूको बारेमा धेरै समाचार गसिपहरु बनेका थिए। तर उनीहरूले त्यसलाई नकार्दै मिल्ने साथी भन्दै आएका थिए।

अहिले अनुष्काको बारेमा नयाँ कुरा सार्वजनिक भएको छ। अनुष्का प्रभाससँग नभइ एउटा निर्देशकसँग प्रेममा छिन्। उनको ‘जजमेन्टल हे क्या’ का निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेममा रहेको खबर बाहिरिएको छ।

उनीहरूको २०१५ मा बनेको फिल्म ‘साइज जिरो’ पछि प्रेम सुरु भएको बताइएको छ। पहिला नै विवाह गरेका प्रकाशको दुई वर्ष अगाडि सम्बन्ध विच्छेद भइसकेको छ। उनले बलिउड लेखिका कनिका डिल्लनसँग विवाह गरेका थिए।