यात्रुबाहक बसको ठक्करबाट युवकको मृत्यु

सिरहा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाकोे गोलबजनर नगरपालिका ४ स्थित जनकचोकमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइलमा सबार एक युवकको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.४ ख ४२६५ नम्बरको बसलाई उछिनेर बढ्ने क्रममा को। ४ प २०९८ नम्बरको मोटरसाइल विपरित दिशाबाट आइरहेको अर्को मोटरसाइकलसँग ठोक्किएर पल्टिँदा बसले युवकलाई किच्न पुगेको थियो।

मृत्यु हुनेमा मोटरसाइल चालक लहान १९ का मोहमद लुतफूर रहमान रहेका छन्।

प्रहरीका अनुसार दुवै मोटरसाइकल एक आपसमा ठोकिएपछि सडकमै लडेका रहमान ना।४ ख ४२६५ नम्बरको यात्रुवाहक वसमुनि परेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको छ।

बा। ३१ ब ९८८३ नम्बरका मोटरसाइकल चालक आरजु कुमार राई घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय गोलबजरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  चट्टयाङसहित वर्षाको सम्भावना, सतर्क हुन आग्रह

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।