प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन्।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन्। प्राध्यापक डा। अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताइएको छ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो। २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो।

अन्य सम्बन्धित समाचार:  बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो: माधवकुमार