‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘हिरो रिटर्न्स’को ट्रेलर सार्वजनिक भएको छ। अभिनेत्री रेखा थापा र सविन श्रेष्ठको एक्सनले भरिपूर्ण रहेको ट्रेलर बुधबार एक कार्यक्रमको बिच सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा रेखा र सविनसँगै दिल श्रेष्ठ, सरोज खनाललाई देखाइएको छ। ट्रेलरमा एक्सन, प्रेम र बिछोडको कथालाई समेटिएको छ।
बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन्।

शिवम अधिकारीले लेखेको चलचित्रमा कास्यप घिमिरेको छायाङ्कन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ। चलचित्रमा दीपक शर्मा र टङ्क बुढाथोकीको सङ्गीत कविराज गहतराजले कोरियाग्राफी तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ।

अन्य सम्बन्धित समाचार:  पल शाहविरुद्ध उजुरी, कुटपिट गरेको आरोप