कोरोनाभाइरसबाट संसारभर ३,१९८ जनाको मृत्यु

बेइजिङ्ग। कोरोना भाइरसबाट संसारभर अहिलेसम्म ३,१९८ जनाले ज्यान गुमाएका छन्। यस भाइरस संक्रमितको संख्या ९३ हजार पुगेको छ। तर सबैभन्दा बढी प्रभावित स्थानको रुपमा रहेको चीनमा भने यस भाइरसको प्रभाव कम हुँदै गएको छ।

चीनको हेल्थ कमीशन (एनएचसी) का अनुसार, मंगलबार ३८ जनाको मृत्यु भएको छ भने ११९ जनामा नयाँ संक्रमण देखिएको छ। अहिलेसम्म चीनमा २,९८१ जनाको मृत्यु भइसकेको छ भने ८०,२७० जनामा संक्रमण देखिएको छ।

मंगलबारसम्म गम्भीर मामलाको संख्या ६,४१६ बाट घटेर ३९० मा झरेको हेल्थ कमीशनले जनाएको छ। २,६५२ विरामी स्वास्थ्यमा आएको सुधारपछि घर फर्केका छन्। त्यहाँ ५०,६८१ जना कोरोनाबाट मुक्त भएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस, पुरुषसँग समान काम : ज्याला भने आधा कम