बझाङका सर्वसाधारणलाई वित्तिय साक्षरता सम्बन्धि ज्ञान

रिदम सिंह,बझाङ।  बझाङ जिल्लाको जयपृथ्वी बहुमुखी म्यापसका प्राध्यापक र विद्यार्थीहरुलाई राष्ट्रिय बाणिज्य बैंक बझाङ शाखाले वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ । सोमबार एक वृहत कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय बाणिज्य बैंक बझाङ शाखाले जयपृथ्वी बहुमुखी क्याम्पस भोपुरमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
समाजका विभिन्न वर्गमा वित्तिय चेतना अभिवृद्धि गराउन, बैंकिङ बानीको विकास गर्न,बैंकको खाता, ब्याज तथा ऋण सम्वन्धी जानकारी दिन, बैंकमा हुने सेवा सुविधाहरु वारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बझाङका सहायक शाखा प्रवन्धक बिसन देब जोशीले बताए।

यस्तै बैंकको कारोवार चेक, ए.टि.एम. कारोवारको सुरक्षा, सफा नोट कार्यान्वयन, उद्यमशील नागरिकको निर्माण गर्ने उद्देश्य सहित कार्यक्रम संचालन गरिएको उनको भनाई छ।

अन्य सम्बन्धित समाचार:  नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

वित्तिय साक्षरता बचत, कर्जा, बैंकिङ कारोवार आदिका बारे वित्तिय जानकारी प्रदान गर्न, खाताको वारेमा जानकारी दिनका लागी, सुरक्षित कारोवार गर्न तथा गराउन र वित्तिय ठगीबाट बचाउन आवस्यक पर्ने भएका कारण यो कार्यक्रम महत्वपुर्ण रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यलय बझाङका शाखा प्रबन्धक प्रकास बहादुर विष्टले बताए।

२०२२ साल माघ १० गते स्थापना भएको नेपालको एक मात्र पूर्ण सरकारी राष्ट्रिय बाणिज्य वैंकका अहिले ७७ वटै जिल्लामा २३९ शाखा रहेका छन्।