उता प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण यता मिर्गौलापीडितको रोदन (भिडियोमा हेर्नुहोस्)

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको छ। दीर्घ रोगको रुपमा चिनिने मिर्गौला रोगका कारण प्रधानमन्त्री ओली पीडित रहँदै आएका थिए। १२ वर्ष अघि मिर्गौलाले काम नगरेपछि उनको भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधवार फेरि प्रत्यारोपण गरिएको हो।
त्यसो त मिर्गौला रोगका कारण नेपालमा धेरै बिरामी पीडित रहँदै आएका छन्। तल्लो तहका जनताहरूको यस रोग लागिसकेपछि निदानात्मक पाटो अत्यन्तै जटिल र कष्टकर हुने गरेको देखिन्छ।
महँगो उपचार पद्धतिका कारण लाखौं पैसा सकेर पनि धेरै रोगबाट मुक्त हुनसकेको छैनन्। पैसा र पहुँचका कारण उपल्लो तहका बिरामीहरूको लागि मिर्गौला रोग सामान्य बन्दै गएपनि तल्लो तहका नागरिकहरूको लागि यो ज्यादै चुनौतीपूर्ण रहेको भन्दै मिर्गौला पीडित सरोकार समाजले भने प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना मात्र गरेन आम सर्वसाधारण जनताले पनि यस रोगबाट सहजता पाउन सरकारले विशेष राहतको घोषणा गरिदिन माग ग¥यो।के हो त उनीहरूको माग? किन मिर्गौला पीडितहरू हातमा ब्यानर नै बोकेर त्रिवि शिक्षण अस्पताल पुगे?
भिडियोमा हेर्नुहोस्

Chat conversation end
अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादमा सर्वोच्चको फैसला आज