जीप दुर्घटनामा तीनको मृत्यु

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

दैलेख। दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका– ६ का देवबहादुर खड्का, वीरेन्द्रनगर–१५ का खड्गबहादुर बुढाथोकी, उहाँको श्रीमती गोमा बुढाथोकी रहेका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्।

चिङ्गाड गाउँपालिका– ६ का दुर्गाबहादुर गाहा, उहाँको श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर– ८ का नरे नेपाली र वीरेन्द्रनगर– १६ का लक्ष्मी ज्ञवाली घाइते भएका छन्। जीपमा सात यात्रु सवार थिए।

अन्य सम्बन्धित समाचार:  मन्त्रीपरिषद्को बैठक— जतिसक्दो चाँडै प्रधानमन्त्रीले विस्वासको मत लिने विषयमा छलफल