कस्तो रहला आजको मौसम?

काठमाडौँ।  हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

दिउँसोः देशका पश्चिमी भूभागमा सामान्य बदली रहि मध्य र पुर्वि भूभागमा आंशिक देखि सामान्य बदली रहने देखीन्छ। पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ हावाहुरी असिना साथै मध्य र पुर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा गर्जन चट्याङ, हावाहुरी पूर्वी पहाडका एकदुई स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी र असिना सहित वर्षाको सम्भावना रहेको छ।

अन्य सम्बन्धित समाचार:  छोरा जन्मेपछि बलात्कार आरोपित पक्राउ