अमेरिकामा कोरोनाका १ सय ५८ बिरामी, क्यालिफोर्नियामा संकटकाल घोषणा

काठमाडौँ।  अमेरिकामा नाभेन कोरोना भाइरसका १ सय ५८ संक्रमित पुष्टि भएको अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले जानकारी दिएको छ।

सिडिसीका अनुसार स्वदेश फिर्ता भएका ४९ नागरिक कोरोनाद्वारा संक्रमित छन्। यसका साथै अमेरिकाका १४ राज्यमा १ सय ९ संक्रमित देखिएका छन्।  यससँगै अमेरिकामा कोरोनाका १ सय ५८ संक्रमित भेटिएका छन्।

क्यालिफोनिर्याका गभर्नरद्वारा संकटकालको घोषणाः

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन्।
कोरोना भाइरस क्यालिफोनिया राज्यमा थप नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ।

न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको थियो । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको बताइएको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान