राष्ट्र बैंकले विहिबार दुई अर्बको ट्रेजरी बिक्री गर्ने

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बिहिबार दुई अर्ब २६ करोड रुपैयाँकोको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।  अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०७७ जेठ २७ तोकिएको छ । यसअघि यही फागुन १९ गते पनि तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरिएको थियो।

राष्ट्र बैंकका अनुसार ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनानस कम्पनीहरुले भाग लिन पाउनेछन।

अन्य सम्बन्धित समाचार:  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग: सुरुङ खन्ने काम निरन्तर