कोरोनाविरुद्धको भ्याक्सिन बनाउन सफलता मिलेको चीनको दाबी

काठमाडौँ।  चीनले कोरोना भाइरस (कोविड-१९) विरुद्धको भ्याक्सिन (खोप) बनाउन सफलता मिलेकोे दाबी गरेको छ। कोरोनाका कारण विश्व नै प्रताडित बनेका बेला यस्तो खबर सार्वजनिक भएको हो।

यो खोपलाई चिनियाँ सेनाको तिनै मेजर जनरलको टीमले बनाएको हो, जसले केही वर्ष अघि एसएआरएस (सार्स) र इबोला जस्ता खतरनाक भाइरसविरुद्धको खोप बनाएर विश्वलाई खतरामुक्त बनाएको थियो।

चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो। वुहान त्यही सहर हो, जहाँबाट कोरोनाको उत्पति भएको मानिन्छ।

चाइना सेन्ट्रल टेलिभिजनका अनुसार शेनको टीमले कोरोनाविरुद्धको खोप बनाउन सफलता प्राप्त गरेको हो। उक्त टीमले रातदिन लगाएर खोपको क्लिनकल एप्लीकेशनु तयार गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र नेपालपक्षका नेताबीच बालुवाटारमा संवाद, जुटेन सहमति

चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ।

यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ।