ललितपुरका केही स्थानमा आज विद्युत् कटौती

काठमाडौँ।  नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा बिहिबार विद्युत् कटौती गर्ने भएको छ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ग‌ं फिडरबाट वितरीत ११ के भी लाइन सुधार गर्नुपर्ने भएकाले बिहिबार विद्युत् काटिएको हो।

प्राधिकरणले बिहिबार , शुक्रबार र शनिबार विहान १० जेदेखि साँचm ६ बजेस्म्म विद्युत् काट्ने तयारी गरेको छ।

प्राधिकरणले फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका विद्युत् काटने लागेको छ।

प्राधिकरणले विद्युत् कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमा समेत मागेको छ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारी समेत प्राधिकरणले दिएको छ।

अन्य सम्बन्धित समाचार:  पहाडी भूभागहरूकाे माैसममा पूर्ण बदली