नेपाल आइपुगिन् मिस वर्ल्ड २०१९

काठमाडौँ।  मिस वर्ल्ड २०१९ विजेता टोनी–एन सिंह नेपाल आइपुगेकी छन्। उनी विहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन्।

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन्।

गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो। सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएका हुन्।

तीन भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोली सात मार्चमा फर्किने कार्यक्रम छ।