युद्धको चपेटामा परिवार गुमाएकाहरुको चहराउँदो घाउ (भिडियोमा हेर्नुहोस्)

रोल्पा। तत्कालीन माओवादीले नेपालमा २०५२ सालदेखी १० बर्षे जनयुद्धको थालनी ग¥यो। द्वन्द्वले १७ हजार मानिसको ज्यान लियो। धेरै मानिसहरु परिर्वतनको लागी शहीद भए। तिनले बलिदानी दिए।

त्यसो त जनयुद्धको बिउ रोप्नेहरु उपल्लो तहका नेता बने, प्रधानमन्त्री भए। परिर्वतनको लागी जीवन आहुती दिने मरेर गएपनि बाँचेका शहीदका परिवारको अवस्था राम्रो नभएको उनीहरु सुनाइरहेका छन्।

२०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरीचौकी, रुकुमको राडी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढि प्रहरीचौकी र गोर्खाको स्याङ्लीस्थित नेपाल बैंकको शाखामा एकै दिन आक्रमण गरेर जनयुद्धको थालनी भएको थियो।

त्यही युद्धमा परिवार गुमाएकाहरु भने अहिले राज्यले १० लाख मात्र राहत दिएर अरु केही नदिएको गुनासो गरिरहेका छन्। के राज्यले शहीद परिवालाई दिएको सुविधा कम भएको हो? कति दिए पुग्छ उनीहरुलाई?

अन्य सम्बन्धित समाचार:  अटो पल्टिँदा चालकको मृत्यु