कोरोनाका कारण : ईपिएल अनिश्चित कालका लागि स्थगित

काठमाडौँ। आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) कोरोना  भाइरसका कारण अनिश्चित समयको लागि स्थगित भएको छ।

इपिएलका प्रमुख अमिर अख्तरले एक कार्यक्रम गर्दै कोरोना भाइरसको कारण स्थगित भएको जनाएका छन्। इपिएल चैत १ देखि १५ गते सम्म हुँदै थियो।

‘यो कठिन निर्णय हो, हामिले सबैसँग कुरा गरेर यो निर्णय लिएका हौं । अब आगमी दिनमा हामिले कोरोना र नेपाली क्रिकेट टोलीको कार्यतालिका हेरेर निर्णय लिने छौं।,’

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘इपिएलमा साविक विजेता ललिपुर प्याट्रियट्स, काठमाडौं, किंग्स इभाभेन, विराटनगर वारियर्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स गरि ६ टोली छन्।

अन्य सम्बन्धित समाचार:  रोनाल्डोको २ गोलमा युभेन्ट्सकाे शानदार जीत