कोरोना भाइरस न्यूनिकरण गर्नकोलागि सरकार सचेतः मन्त्री खतिवडा

काठमाडौं। मन्त्रिपरिषद्ले नियमित पत्रकार सम्मेलन मार्फत कोरोना भाइरसको जोखिमको बारेमा जानकारी गराएको छ। सम्मेलनमा नेपालमा कोरोना भाइरसबाट निम्तन सक्ने भयावह अवस्थालाई न्यूनिकरण गर्नकोलागि सरकारले सजगता अपनाइ रहेको बिहीबार जानकारी गराइएको छ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको उत्तर दिदैं प्रवक्ता खतिवडाले कोरोना भाइरसको संक्रमणबाट सर्तकता अपनाउन पर्ने सवालमा संञ्चारजगतको पनि अतुलनीय भूमिका रहेको भन्दै सहयोग र साथको खाँचो रहेको जनाए। ‘यो आतिने बेला हैन, सवै मिलेर समस्याको समाधान गर्ने हो। सवै क्षेत्रको उतिकै सहकार्य आवश्यक छ। स्वास्थ्य मन्त्रालयको प्रवक्ताको माध्यमवाट कहाँ के भईरहेको छ निरन्तर जानकारी गराउने प्रयासमा हामी रहने छौं।’ प्रवक्ता खतिवडाले बताए।

खतिवडाले अर्थत्रन्तमा कोरोनाले बजारमा हल्ला आएजस्तो असर नपरिसकेको बताँउदै जोखिमलाइलाइ कम गर्नकोलागि पर्यटन प्रवद्र्धनको काम मात्र रोकेको जनाए।

अन्य सम्बन्धित समाचार:  एकैदिनमा २१४ जना कोरोना संक्रमितको मृत्यु, ९२४७ जनामा कोरोना संक्रमण

त्यसैगरि पत्रकार सम्मेलनमा ‘जव-जव तपाई अर्थमन्त्रीको रुपमा आउनु हुन्छ, तव-तव शेयरबजार शिथिल हुन्छ किन होला मन्त्री ज्यू?’ भनेर सोधिएको प्रश्नमा प्रवक्ता खतिवडाले दुइबर्षको अन्तरालमा पूँजी बजारमा सुधार भएको बताए।उनले भने, ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गराईदिने अवस्थासम्म पुराइदिने हो, अन्य काम हैन। आफूले लगानी गर्ने क्षेत्रको बारेमा बुझेर मात्र लगानी गर्नुस्। बजारको अवस्थालाई मन्त्रीसंग जाडेर हिड्नुको कुनै तुक छैंन्।’ उनको भनाई थियो।