राष्ट्रपति समक्ष भारतीय राजदूतद्वारा ओहोदाको प्रमाण पत्र पेश

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले ओहोदाको प्रमाण पत्र पेश गरेका छन्।

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच भारतीय राजदूत क्वात्राले ओहोदाको प्रमाण पत्र राष्ट्रपति भण्डारी समक्ष पेश गरेका हुन्।

क्वात्रा नेपालका लागि २५औं राजदूत हुन्। डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए।

अन्य सम्बन्धित समाचार:  काँग्रेसले बोलायो संसदीय दलको बैठक