कोरियाबाट नेपाल फर्केका एक युवक अस्पतालबाट भागे

काठमाडौ। कोरोना भाइरसको आशंकामा उपचार गराइरहेका एक युवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट  बेपत्ता भएका छन्। सुनसरीका ३८ वर्षिय ति युवा कोरियाबाट आउदा ज्वरो आएर उपचारकोलागि अस्पताल पुगेको र झ्यालबाट भागेको जनाइएको छ।

कोरोनाको संक्रमणको आशंकामा अस्पतालमा परीक्षणकै क्रममा युवक फरार रहेको अस्पतालका निर्देशक बासुदेव पाण्डेले जनाएका छन्। दक्षिण कोरियामा इपिएस प्रणाली मार्फत नेपाली युवाहरु गएको भएतापनि उनीहरुमा कोरोनाको त्रास फैलदो अवस्थामा रहेको कोरियामा लामो समयदेखि बसोबास गर्दै आएका  डम्वर सुव्वाले नेपाली पत्रिकालाइ जनाए। कोरियामा ६ हजार मानिसमा कोरोना संक्रमण देखिएको बताइएको छ भने मृत्यु हुनेको संख्या ४० पुग्न लागेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  अस्पतालमा अक्सिजनको अभावले गर्दा विरामी भर्ना रोकियो