चट्याङ लागेर मृत्यु

डोटी। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार चट्याङ लागेर मृत्यु हुनेमा ६० वर्षीया जसुदेवी ओली रहेकी छन्।

बुधबार राति करिब ६.३० बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए।

घटनास्थल जान सायल प्रहरी चौकीबाट पैदल चार घण्टा लाग्ने भएको हुँदा प्रहरी टोली घटनास्थलमा गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ। डोटीमा अहिले पनि वर्षा भइरहेको छ।