स्वास्थ्यमा असामान्य अवस्था आए संयमित भएर उपचार गरौंः जिल्ला प्रशासन ललितपुर

ललितपुर। कोरोना भाइरसको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लावासीलाई अनुरोध गरेको छ। बिहीवार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले विश्व स्वास्थ्य संगठनले पछिल्लो समय विश्वव्यापी समस्याको रुपमा देखापरेको कोरोना भाइरसको कारण नेपाल पनि उच्च जोखिममा रहेकोे जनाइसकेको र नेपाल सरकारले पनि यसबाट बच्न आमसर्वसाधारणमा अपिल गरेको उल्लेख गर्दै नजिकिँदो फागुपूर्णिमाको अवसरमा होली नखेल्न, ठूलो संख्यामा मानिसहरु जम्मा भएर सभा समारोह नगर्न, भेज भत्तेर, जात्रा नगर्न नगराउन आग्रह गरेको छ।

यसकासाथै निरन्तर रुघाखोकीका साथै ज्वरो आएमा, घाँटी र टाउको दुखेको खण्डमा तुरुन्त स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिषण गर्न गराउन आग्रह गरेको छ। यसकासाथै कुनैपनि किसिमको असामान्य अवस्था आएको खण्डमा हतास नभई संयमित भएर रक्षात्मक उपाय अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भूषालद्वारा हस्ताक्षतिर सूचनामा भनिएको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित