कोरोनाका कारण नेपाली चलचित्रको शुटिंग बन्द गर्न आग्रह

काठमाडौँ।  कोरोनाभाइरसले संसारभर अहिले कोलाहल झैं फैलिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्दो हुँदा प्राय देशहरु सतर्कता अपनाउन थालेका छन्। कोरोनाभाइरसका कारण नेपाली चलचित्र छेत्र समेत प्रभावित परेका छन्।

नेपाल चलचित्र निर्माता संघले एक विज्ञप्ति निकाल्दै कोरोनाभाइरसबाट सतर्कता अपनाउदै शुटिंग स्थगित गर्न आग्रह गरेको छ।

कोरोनाभाइरसको जोखिम न्यूनिकरणका लागि छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भवभएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगित गर्न अनुरोध गरिएको छ।

अन्य सम्बन्धित समाचार:  पल शाहविरुद्ध उजुरी, कुटपिट गरेको आरोप