काठमाडौँ। पश्चिमी वायुको प्रभावले आज नेपाली आकास बादलले ढाकेको छ। मौसममा आएको बदलीसँगै सक्रियसमेत भएका कारण शुक्रबार पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिना सहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आज चट्याङ सहित असिना पानी पर्ने सम्भावना बढ्दै गएको समेत महाशाखाले सूचना जारी गरेको छ।
प्रि मनसुन भित्रिएसँगै नेपाली आकासमा बादल भरिदै गएको र उक्त प्रभावले देशभरको मौसममा नै प्रभाव देखिको हो। उक्त प्रभाव आज बढि सक्रिय देखिएकाले यस अवधिमा हावाहुरी, चट्याङ, असिना पानीको सम्भावना बढेको महाशाखाले जनाएको छ।
पश्चिमी पहाडी भूभागमा आज वर्षाका साथमा हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन समेत महाशाखाले सचेत गराएको छ। मौसममा आएको परिवर्तनले आज काठमाडौंमा समेत हावाहुरी सहित असिना पानी पर्ने सम्भावना देखिएको छ।