नेपाल आइडलबाट किरण बाहिरिए

काठमाडौँ। सिङगिङ रियालिटी सो  ‘नेपाल आइडल सिजन–३’ बाट यो साता किरण भुजेल बाहिरिएका छन्। गायनमा अब्बल मानिएको किरण कम भोटका कारण बाहिरिएका हुन्।

यो साता सबभन्दा धेरै भोट बर्दियाका प्रवीण बेडुवालले पाएका छन्। किरण बाहिरिएसँगै अब नेपाल आइडल सिजन ३ मा जम्मा ६ जना प्रतिस्पर्धी छन्।

नेपाल आइडलमा विगतमा झैँ यो सिजनमा पनि न्ह्यु वज्राचार्य, कालीप्रसाद बासकोटा र इन्दिरा जोशी निर्णायक छन्।