कोरोनाका कारण भक्तपुर महोत्सव स्थगित

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौँ। भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरिएको छ। पाँचदिने सो महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म यहाँ आयोजना हुँदै थियो। तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको बताइएको छ।

नगरपालिकाले महोत्सवलाई भव्यरूपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिक कर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरु लगायतका पक्षहरूसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको थियो।

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रम तय गरिएका थिए।

त्यस्तै महोत्सवको सन्दर्भमा पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवर्द्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन काम अगाडि बढेका थिए। त्यस्तै नगरपालिकाले स्थानीय युवालाई चिनियाँ, जापानी, अङ्ग्रेजी, फ्रान्सेली, स्पेनिस भाषालगायत विदेशी भाषाहरूको तालीम सञ्चालन गरेको थियो।

अन्य सम्बन्धित समाचार:  बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित