काठमाडौँ। आज बस्ने प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने भएको छ। सङ्घीय संसद्ले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेपाली काँग्रेसका सांसद गगन थापाले सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नेछन्।
थापाले विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ? अस्पतालको अवस्था के छ? भन्ने जस्ता प्रश्नहरू सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना भाइरस विरुद्ध सबै जुटी राष्ट्रिय सङ्कल्पको साथ अगाडि बढ्नुपर्ने भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने छन्।
सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का रहेका छन्।