संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिवको निधन

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द कोयारको लिमास्थित आफ्नै निवासमा १ सय वर्षको उमेरमा निधन भएको छ।

दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव भएका उनले दक्षिण अमेरिका, अफ्रिका, एशिया र मध्यपूर्वका देशमा शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सन् १९८१ मा उनी पाँचौँ महासचिव नियुक्त भएका थिए। दक्षिण अमेरिकी क्षेत्रबाट उनी पहिलो महासचिव बनेका थिए। उनकै कार्यकालमा इरान र इराकबीच सन् १९८८ मा युद्धविराम भएको थियो।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु