चलचित्र ‘२ नम्बरी’मा दयाहाङसँग भुटानी नायिका

काठमाडौँ।  नेपाली कथानक चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छिन्। चलचित्रमा भुटानी अभिनेत्रीले अभिनेता दयाहाङ राई सँग स्क्रिन सेयर गर्ने भएकी छिन्। उनले चलचित्रमा भुटानी नागरिकको भूमिका निर्वाह गर्नेछिन्।

दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने लागेको चलचित्र यही फागुन २८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको बताइएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री उगेनले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर पाउनु ठूलो उपलब्धि भएको बताएकी छिन्।

उनले भुटानमा राजेश हमाल, पल शाह, दयाहाङ राईलगायतका कलाकारको भुटानमा ठूलो क्रेज रहेको बताइन्। चलचित्र  ‘कबड्डी’ हेरेपछि आफू दयाहाङको फ्यान भएकी उनले बताएकी छिन्।