ज्वरो नापेर मात्र बसमा चढ्न पाइने

काठमाडौँ। काठमाडौंमा सञ्चालित विद्युतीय बस सुन्दर यातायातले ज्वरो नापेर मात्रै गाडीमा प्रवेश गराउने जनाएको छ।  कोरोना भाइरसको सन्त्रास फैलिएसँगै कम्पनीले सङ्क्रमणबाट जोगिन यस्तो निर्णय लिएको हो।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाले तापक्रम तथा ज्वरो जाँच्न चार वटा इन्फ्रारेड थर्मोमिटर ल्याइएको बताएका छन्।  गाडी उत्पादक चिनियाँ कम्पनी बिएकेले थर्मोमिटर पठाएको बताएका छन्। उक्त कम्पनीले देशभरका बिजुली बस खरिदकर्तालाई थर्मोमिटर पठाएको छ।

कम्पनीले दुई वटा विद्युतीय बस चक्रपथ सडकखण्डमा सञ्चालन गरिरहेको छ।  ज्वरो जाँच्नका लागि प्रत्येक बसमा चालक र सहचालक बाहेक दुई जना कर्मचारी खटाइनेछ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले गरे सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास