मोटरसाइकल दुर्घटना चालकको मृत्यु

नवलपुर। पूर्वी नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा परी विहीबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।

दलदले–धौवादी भित्री सडक खण्ड अन्र्तगत देवचुली नगरपालिका – ७ गाबिस चोकमा बिहीवार साँझ भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका मोटरसाइकल चालकको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

उत्तरबाट दलदलेतर्फ आउँदै गरेको ना १४ प ५११६ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकको दायाँ भागको नालामा दुर्घटना हुन पुग्दा कावासोती १७ चिसापानी बस्ने मोटरसाइकल चालक २७ वर्षीय लालबहादुर रानाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

मृतकलाई पोष्टमार्टमका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  निषेधाज्ञामा बिहे गरेपछि सवारी साधन सहित दुलहाका बुबा नियन्त्रणमा