कोरोना भाइरस चीनमा कम बाहिर आक्रामक

काठमाडौँ। कोरोना भाइरस सुरु भएको चीनमा पछिल्लो समय सुधारिँदै जाँदा बाहिर भने आक्रामक रूपले फैलिइरहेको छ। जनवरीको आखिर र फेब्रुअरीको सुरुआतमा चीनमा कोरोनाको सङ्क्रमण चरम रहे पनि फेब्रुअरीको अन्तिम सातादेखि भने चीन बाहेकका देशमा आक्रामक रुपले कोरोना फैलिएको छ।

फेब्रुअरी ४ मा चीनमा ३,८८७ जनामा कोरोनाको सङ्क्रमण देखिएकोमा बाँकी देशमा २२१ जनामात्र सङ्क्रमित देखिएका थिए। त्यो १८ गुणाको फरक थियो। तर एक महिनापछि भने त्यो ठ्याक्कै उल्टो भएको छ। ४ मार्चमा चीनमा १२० नयाँ सङ्क्रमित थपिएकामा बाहिर २१०३ जना नयाँ बिरामी देखिए। यो पनि १८ गुणाको फरक हो।

शुक्रबार बिहान ११ बजेसम्म मृतकको संख्या ३३८३ जना रहेका छन्। ९८ हजार ३८२ जना संक्रमित देखिएका छन्। ५५ हजार ४१८ जना भने निको भएर अस्पतालबाट घर फर्केका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह